तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेबाट एमालेका उम्मेदवार सिफारिस

नेपालगञ्ज । नेकपा एमालेले बाँकेबाट फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर १ बाट केन्द्रिय सदस्य सूर्य ढकालको एकल नाम सिफारिस भएको छ । ढकाल निवर्तमान सांसद पनि हुनुहुन्छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले ढकालको एकल नाम एकल सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक कुश्माखर बस्यालले जानकारी दिनुभयो ।

यस्तै क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष निरक गुरुङ, कृष्ण प्रसाद श्रेष्ठ र अछरी पोख्रेलको नाम सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक भास्कर काफ्लेले जानकारी दिनुभयो । 

क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्री दल बहादुर सुनारको एकल नाम सिफारिस गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button