पुराना चलचित्र संरक्षण गर्न डिजिटल प्रविधि
काठमाडौँ । विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदहरुले पुराना चलचित्रहरूलाई संरक्षण गर्न डिजिटल प्रविधिमा लैजान प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राष्ट्रको इतिहास र संस्कृतिलाई प्रतिबिम्बित गर्ने पुराना चलचित्र संरक्षणका लागि सरकारले आर्थिक सहयोग समेत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै बैठकमा सांसदहरूले नयाँ बन्ने चलचित्रहरू समेत डिजिटल फिल्म प्लेटफर्महरूमा प्रदर्शन गर्नका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुहुँदै नेपालमा छायाङ्कन हुने विदेशी चलचित्रमा कर छुट तथा अन्य सुविधाहरू प्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डको स्वामित्व बाहिर रहेका पुराना चलचित्र डिजिटल गर्दा आउने आर्थिक चुनौती तथा प्राविधिक समस्याहरू समेत ध्यानमा राख्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्