काँग्रेस महाधिवेशन बैशाख २८ देखि ३१ गतेसम्म हुने
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टी कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले महाधिवेशनसम्बन्धी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।
यस्तै बैठकले पार्टीको केन्द्रीय कार्य समितिको म्याद आगामी ज्येष्ठ मसान्तसम्म थप गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो । काँग्रेसले यसअघि पुसमा महाधिवेशन गर्ने निर्णय गरे पनि कार्यतालिका प्रभावित भएपछि आजको बैठकले नयाँ मिति तोकेको हो ।

केन्द्रीय कार्य सम्पादन समितिले नयाँ मिति तोके पनि महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा सहितका केही पार्टी पदाधिकारीहरूले भने पुसमै विशेष महाधिवेशनको अडान छोड्नुभएको छैन ।








प्रतिक्रिया राख्नुहोस्