तपाईँ सुन्दै हुनुहुन्छः

कन्याममा प्रथम फुड तथा कल्चरल फेस्टिभल सुरु

इलाम । स्थानीय जातजाति र समुदायको परम्परागत खानाको संरक्षण पर्यटन प्रवर्द्धन संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ५ दिने ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिभल’ सुरु भएको छ । 

आज बाट सुरु भएको ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिभल’ पुस १९ गते सम्म स्थानीय खाद्य परिकार सांस्कृतिक कार्यक्रमसहित जारी रहने आयोजक कन्याम पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर तामाङले बताउनुभयो ।

फेस्टिभलको उद्घाटन गर्नुहुँदै सूर्योदयका नगर प्रमुख रण बहादुर राईले स्थानीय जातजातिको परम्परागत खानाको परिकारको संरक्षण र यसबारेमा अरूलाई जानकारी दिन विभिन्न जातजातिको संस्कार संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ फेस्टीवल आयोजना गरिएको र यसबाट पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो। स्थानीय रैथाने खाद्य परिकार,  चिजका परिवार विभिन्न जातीय संस्कृति झल्किने झाकी, फूल नर्सरी र कोरियन खाना लगायत ३० वटा स्टल राखिएको सूर्योदय नगरपालिकाका पर्यटन शाखा संयोजक आर्किटेक इन्जिनियर सृजन गदालले जानकारी दिनुभयो ।

फेस्टिभलको अवलोकन गर्न आउनुभएका भारतीय पर्यटक सम्बुद्ध कर्मकरले चिजको परिकार दूधको परिकार चिया लगायतले आफूहरूको ध्यान तानेको बताउँदै पर्यटकीय क्षेत्रमा लाग्ने यस्ता फेस्टिभलले टाढाबाट आउनेहरूलाई यहाँको संस्कार संस्कृति खानाको बारेमा ज्ञान लिने अवसर मिलेको बताउनुभयो  ।

दूधका परिकार, कोदो, फापरका परिकार, चिजको परिकार वाचिपा सहित कोरियाबाट आएका प्रतिनिधिले बनाएका कोरियन खानाका परिकारले सबैको ध्यान तानेको छ । 

नेवारी, तामाङ, लोपोन्मुख लाप्चा राई समुदायको नाँच नौमती बाजा प्रदर्शन गरिएको फेस्टिभलमा ५ लाख बरावर खर्च लाग्ने फेस्टिभलमा ५० हजार बढी पर्यटकले अवलोकन आयोजकको अनुमान छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button