तपाईँ सुन्दै हुनुहुन्छः

 चिसो बढे पछि तीन दिनका लागि विद्यालय बन्द 

दाङ । शितलहर चलेपछि दाङका छ पालिकाले ३ दिन बन्द गर्ने भएका छन् ।

दाङका घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

चिसो बढेका कारण विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन बिदा दिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो।

यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो

लमही नगरपालिकाले पनि चिसो बढेकाले बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख केशब लम्साले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button