अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
चितवन । भरतपुर महानगरपालिका वडा नं–१०, दीपेन्द्र चोकमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अटो चालक कालिका–७ बस्ने ३६ वर्षीय धनबहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना २ ह ३१७७ नम्बरको अटो र ना ६२ प ९७६३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक माडी–८ बस्ने १८ वर्षीय आयुष प्रजा, मोटरसाइकलपछाडि सवार भरतपुर–७ बस्ने १८ वर्षीय विजय तामाङ र मोटरसाइकलपछाडि सवार भरतपुर–१३ बस्ने १८ वर्षीया मीना गुरुङ घाइते भएका हुन् ।
घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र दुवै सवारी साधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्