मुख्यमन्त्री शाहद्वारा पुसे १५ तथा तमु ल्होसारको शुभकामना
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिमवासीको महत्वपूर्ण पर्व पुस १५ (पुसे १५) तथा गुरुङ समुदायको तमु ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
हरेक वर्ष पुस १५ गते सुदूरपश्चिम प्रदेशमा पुसे १५ मनाउने परम्परा रहिआएको छ। यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहले पुसे १५ तथा तमु ल्होसार पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ।
“यी पर्वहरूले हाम्रो समाजमा आपसी प्रेम, सद्भाव, मेलमिलाप र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिएको छु,” मुख्यमन्त्री शाहले भन्नुभयो। “पर्वले सबैको जीवनमा समृद्धि, सफलता र खुशीयाली भित्र्याओस्।”
मुख्यमन्त्री शाहले पुसे १५ पर्वले परम्परा, संस्कृति र सामाजिक एकतालाई संरक्षण गर्दै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्