बागमतीमा राष्ट्रियसभा निर्वाचनः मतभार विवरण सार्वजनिक
मकवानपुर। राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदै छ।
देशभर १८ पदका लागि निर्वाचन हुनेमा बागमती प्रदेशबाट दुई सिट रिक्त हुँदै छन्। महिला कोटातर्फ गङगा कुमारी बेलबासे र पुरुष तर्फ बेदुरामा भुसालको कार्यकाल आगामी फागुनमा सकिँदै छ।
प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहने यस निर्वाचनमा अंकगणितीय हिसाबले नेपाली काँग्रेस बलियो देखिएको छ।
बागमती प्रदेशमा कुल मतभार १०,३५२ रहेकामा काँग्रेसको ४ हजारभन्दा बढी मतभार छ। बागमती प्रदेश सभामा काँग्रेसका ३७ सिट छन् भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०८ सिट छन्। यस्तै, एमालेको प्रदेश सभामा २७ सिट र स्थानीय तहमा ६० सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेश सभामा २१ र स्थानीय तहमा ५७ सिट, राप्रपाको प्रदेश सभामा १३ र स्थानीय तहमा १ सिट, नेकपा एकीकृत समाजवादीको प्रदेश सभामा ७ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेश सभामा ३ र स्थानीय तहमा २ सिट, तथा हाम्रो नेपाली पार्टीको प्रदेश सभामा २ सिट र स्थानीय तहमा १ सिट रहेका छन्।
यसरी बागमती प्रदेशबाट प्रदेश सभातर्फ ११० जना र स्थानीय तहबाट २३८ जना प्रमुखरउपप्रमुख मतदाताका रूपमा सहभागी हुनेछन्। बागमती प्रदेशमा कुल मतभार १० हजार ३५२ रहेको छ, जसमा काँग्रेसको मात्रै ४ हजारभन्दा बढी मतभार छ।
कांग्रेसपछि दोस्रो शक्तिका रूपमा वर्तमान नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी)देखिएको छ। प्रदेश सभामा नेकपाका २८ सिट र स्थानीय तहमा ६६ सिट हुँदा कुल मतभार २ हजार ७३८ पुग्छ। यस्तै, एमालेको मतभार २ हजार ५७१, राप्रपाको ७०८, नेमकिपाको १९७ र हाम्रो नेपाली पार्टीको १०६ रहेको छ।








प्रतिक्रिया राख्नुहोस्