तपाईँ सुन्दै हुनुहुन्छः

११ करोड बढीको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव

कास्की । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नाराका साथ कास्कीको लेखनाथमा सञ्चालन भएको २१औँ लेखनाथ महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । महोत्सवमा अनुमानभन्दा बढी आर्थिक कारोबार र दर्शक सहभागिता रहेको आयोजकले जनाएको छ ।

१२ दिनसम्म कास्कीको लेखनाथ तालचोकमा सञ्चालन भएको २१औँ लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको हो । सुरुमा ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार र २ लाख ५० हजार दर्शक भित्राउने लक्ष्य राखिएको महोत्सवले अपेक्षाभन्दा बढी सफलता हात पारेको आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

महोत्सवमा १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको र ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, व्यापार प्रवद्र्धन तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको दाबी छ ।

समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै क्रेता र विक्रेतालाई एकै ठाउँमा जोड्ने माध्यम भएको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button