लेखनाथ पत्रकारिता पुरस्कार खनाललाई प्रदान गरिने

पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पत्रकार कविराज खनाललाई प्रदान गरिने भएको छ । आदर्श समाज राष्ट्रिय दैनिक तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता खनाललाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिनेछ ।
लेखनाथ क्षेत्रमा रहेर दुई दशकभन्दा बढी समय पत्रकारितामार्फत योगदान पुर्याएको आधारमा मञ्चको छनोट समितिले उनलाई पुरस्कारका लागि चयन गरेको हो । छनोट समितिमा मञ्चका पदाधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पूर्व पुरस्कृत व्यक्तिहरू रहनुभएको थियो ।
पुरस्कार पुस १५ गते कास्की पोखराको कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा अर्घौं अर्चलेमा प्रदान गरिनेछ ।






प्रतिक्रिया राख्नुहोस्