तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा यस वर्षकै सबैभन्दा चिसो, जनजीवन प्रभावित

जनकपुरधाम । विगत केही दिनदेखि मधेश प्रदेशमा पश्चिमी वायुको प्रभावका कारणले शीतलहर चलेपछि चिसो अत्यधिक बढेको छ । चिसो चिसो बढेपछि मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ । आज बिहान शीतको वर्षा भएको र दिनभरि नै घाम नलागेकाले यस वर्षकै सबैभन्दा चिसो अनुभूति भएको सर्वसाधारणको भनाइ छ । 

अत्यधिक चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, वृद्ध वृद्धा, दीर्घ रोगीहरू, बाथ तथा गेठीयाका बिरामीलाई समस्या भएको छ । अत्यधिक चिसोका कारण स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आउनेको सङ्ख्या बढेको छ छ । चिसोको समयमा पुरै शरीर नै ढाक्ने लुगा लगाउन तथा तातो पानी एवं खानेकुरा मात्र खान चिकित्सकहरूले सल्लाह दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button