नेकपा ताप्लेजुङद्वारा प्रत्यक्षमा बुढाक्षेत्रीको नाम सर्वसम्मत सिफारिस
ताप्लेजुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्ष निर्वाचनको उम्मेदवरका लागि खेलप्रसाद बुढाक्षेत्रीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

माओवादी, नेकपा एस लगायतको पार्टी एकीकरणपछि शुक्रबार ताप्लेजुङको फुङलिङमा सम्पन्न पार्टीको बैठकले बुढाक्षेत्रीको नाम सर्वसम्मत सिफारिस हो । बुढाक्षेत्री २०७९ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार योगेश कुमार भट्टराईसँग २ सय ८ मतले पराजित हुनुभएको थियो ।
बुढाक्षेत्री नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रहनुभएको थियो । यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ रामचन्द्र पोमु, दावा छिरिङ शेर्पा, असिम लिम्बु र कल्पना लिम्बुको नाम सिफारिस गरिएको नेकपा ताप्लेजुङका नेता विष्णु कुमार लिम्बुले जानकारी दिनुभयो । यता राष्ट्रिय सभातर्फ खुल्लामा पर्शुराम कार्की र दलितमा नेत्र नेपालीको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्