तपाईँ सुन्दै हुनुहुन्छः

शीतलहर चलेपछि बाँकेका विद्यालय बन्द

नेपालगन्ज। बाँकेका विद्यालयमा जाडो बिदा दिइएको छ ।

शीतलहर चलेसँगै अत्यधिक चिसो बढेपछि आजदेखि जाडो बिदा दिइएको छ ।

चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले आगामी शनिवारसम्म विद्यालयमा सार्वजनिक बिदा दिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले पनि पुस ११ गतेदेखि १४ गतेसम्म जाडो बिदा दिएको जनाएको छ ।

पुस लागेसँगै बाक्लो कुहिरो र शीतलहरले बाँकेको जनजीवन प्रभावित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button