तपाईँ सुन्दै हुनुहुन्छः

दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति हुनुभएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । 

सोही कार्यक्रममा उहाँले सहायक रथीमा बढुवा हुनुभएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button