तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्छ’

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने बताउनुभएको छ ।

तेरापन्थ महिला मण्डलद्वारा आज यहाँ आयोजित घरेलु प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कोभिड महामारीपछि मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन राज्य तथा सबै उद्यमी–व्यवसायी काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सरकारले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन जोड दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले नेपाल र नेपालीको आयस्तर वृद्धिका लागि सरकारले धार्मिक, साहसिक पर्यटन, सूचना प्रविधि, कृषिको आधुनिकीकरण र स्वास्थ्य क्षेत्रमा विशेष खुकुलो नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । 

मण्डलकी अध्यक्ष मिलन नौलखाले महिला श्रमिकले देशको आर्थिक विकासमा योगदान गरेका बताउनुभयो । एक दिने प्रदर्शनीमा ३२ कक्षमा घरेलु उत्पादन राखिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button