तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन: मतदान स्थलमा चहलपहल (तस्बिरहरू)

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्वका लागि भृकुटी मण्डपमा मतदान जारी छ। 

अध्यक्ष पदका प्रत्याशीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा बिहानै मतदान गर्नुभएपछि बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । 

भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि प्रतिनिधिहरू मतदान गरिरहनुभएको छ । एक पटकमा ५० जनाले मतदान गर्न पाउने व्यवस्था एमाले केन्द्रीय निर्वाचन आयोगले मिलाएको छ ।

मतदान प्रक्रिया सकिन करिब चार बज्ने र आजै परिणाम आउने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

 

तस्वीर: दिनेश भण्डारी

प्रतिक्रिया राख्नुहोस्

Back to top button