तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्ती गाउँपसेर उपद्रो मच्चाउँदा

गाईघाट ,उदयपुर ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यान्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् । 

स्थानीयवासी श्यामनारायण चौधरीका अनुसार गत शनिबार राति मात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम हुजदारले  आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिनुभयो  । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उहाँले बताउनुभयो ।

हात्ती रातिका समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीयवासी सीताराम चौधरीले बताउनुभयो । चिसो बढेसँगै हात्ती गाउँ प्रवेश गरेर बिगार तथा उपद्रो गर्न थालेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button