तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली कम्युनिष्ट पार्टी सही नीतिका साथ नयाँ विश्वास जगाउन अघि बढेको छ’

नेपालगञ्ज । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टीलाई जागृत गर्न जनताको घरदैलोमा पुगिरहेको बताउनुभएको छ । 

नेपालगञ्जमा आज आयोजित नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले जनताको भावनासंग साक्षात्कार गर्न जनताको घरदैलोमा पुगिरहेको बताउनुभयो । 

उहाँले बदलिँदो परिस्थितिमा सही नीति लिएर नयाँ विश्वास जगाउन अघि बढेको बताउनुभयो । नेपालले अहिलेसम्म १६ कम्युनिष्ट दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको दाबी गर्नुभयो । पार्टीले समाजवादी सिद्धान्त बोकेर आफूलाई अघि बढाएको नेपालको भनाई छ । 

उहाँले नेपाली कम्युनिष्ट पाटी सबै वर्ग, लिङ्ग, समुदाय, नवयुवा पुस्ता समेतको पार्टी रहेको भन्दै जनताले चुनावमार्फत अनुमोदन गर्ने बताउनुभयो । 

सह–संयोजक नेपालले नयाँ नेपाल निर्माणको सङ्कल्पका साथ पार्टी निर्माण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको बहुमत लिएर अघि बढ्ने उद्घोष गर्नुभयो । 

एकता सन्देश सभालाई केन्द्रीय कमिटी सदस्यहरू शक्ति बहादुर बस्नेत, अञ्जना चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button