तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि ११२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् ।

त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८/१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए । यता काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे । यस खेलको विजेता टोलीले भोलि विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button