तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा पहिलोपटक फुटसल सुरु

ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक फुटसल मैदान सञ्चालनमा आएको छ । जिल्लाको फुङ्लिङ नगरपालिकामा 

३० मिटर लम्बाइ १८ मिटर चौडाइ र २९ फुट उचाइको संरचना निर्माणमा सम्पन्न भएसँगै सञ्चालनमा आएको हो । १ करोड ५० लाख लागतमा निर्माण गरिएको संचालत नयन मादेनले जानकारी दिनुभयो ।

फुटसलका लागि  १० रोपनी जग्गा रहेको समेत मादेनले जानकारी दिनुभयो । फुटसल निर्माण मादेनका बाजे कुलबहादुर मादेन र बोजु कर्णमाया मादेनको स्मृतिमा नातिहरू टीका, जगत र पनाति नयन मादेनको लगानीमा  निर्माण गरेका हुन् ।

जिल्लाकै पहिलो फुटसल मैदानको नाम बाजेबोजुससँग जोडेर ‘कुलकर्ण फुटसल’ राखिएको छ । बिहान ५ देखि बेलुका १० बजेसम्म यहाँ खेल सञ्चालन हुनेछ । भलिबल, फुटबल, ब्याडमिन्टन, टेबलटेनिस लगायतका प्रतियोगिता र संरचना भएको फुटसल जिल्लामा पहिलोपटक सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button