तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

बैतडी । सुदूरपश्चिमको पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविज्ञ डा. लोकविजय अधिकारीका अनुसार मंसिर २१ गते बिहान ८:२८ बजे दार्चुलाको घुसा केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्पको धक्का सुदूरका विभिन्न पहाडी जिल्लामा महसुस गरिएको भए पनि अहिलेसम्म कुनै क्षतिवारे जानकारी आएको छैन। डा. अधिकारीले स्थानीयवासीहरुलाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button