तपाईँ सुन्दै हुनुहुन्छः

‘केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ’

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेताहरू एउटै निर्वाचन क्षेत्रबाट दुई पटकभन्दा बढी उम्मेदवारी दिन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएकाे छ।

कांग्रेस बाँके क्षेत्र नं. ३ कार्यसमितिद्वारा खजुरा बजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले लोकतन्त्रको प्रवर्द्धन र नयाँ नेतृत्व विकासका लागि एउटै व्यक्तिले पटक–पटक एकै क्षेत्रबाट चुनाव लड्नु उपयुक्त नहुने धारणा राख्नुभयाे।

सहमहामन्त्री राठौरले नेपाली कांग्रेसलाई मुलुकको एक मात्र लोकतान्त्रिक पार्टीका रूपमा जनाउँदै देश, जनता र व्यवस्थाको विजय सुनिश्चित गर्नु कांग्रेसका लागि सधैं प्रतिष्ठाको विषय भएको बताउनुभयाे। कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र होइन, मुलुक नै कमजोर हुने ऐतिहासिक तथ्यलाई स्मरण गर्दै उनले आगामी फागुण २१ गते हुने निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै कांग्रेसजन गम्भीर हुनुपर्नेमा जोड दिनुभयाे।

उहाँका अनुसार महाधिवेशन पार्टीको आन्तरिक प्रक्रिया भएकाले यसले पार्टी कमजोर होइन, अझ सबल बन्न मद्दत गर्ने वातावरण निर्माण गर्न सबैको भूमिका महत्त्वपूर्ण रहनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button