नेपाली चलचित्रले राष्ट्रिय पहिचान र सांस्कृतिक मूल्य संरक्षणमा योगदान गर्नुपर्ने सुझाव
काठमाडौँ। विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय पहिचान र सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा नेपाली चलचित्रले योगदान पुर्याउनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले चलचित्रको माध्यमले राष्ट्रिय गौरव बढाउन तथा सेन्सरसम्बन्धी समस्याहरू समाधान गर्न सरकार र चलचित्र विकास बोर्ड दुवैको संलग्नता आवश्यक रहेको औँल्याउनुभयो ।
चलचित्र विधेयक, २०८१ सम्बन्धी छलफलमा सांसदहरूले चलचित्र क्षेत्रमा कम स्वायत्तताले नकारात्मक प्रभाव बढ्न सक्ने र अत्यधिक नियन्त्रणले यस क्षेत्रको स्वतन्त्रता प्रभावित हुने भएकाले उत्तरदायित्वका लागि स्पष्ट कानुनी व्यवस्था अनिवार्य रहेको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रस्ट नीति नभएकाले चलचित्र क्षेत्रमा समस्या भएको र यी अस्पष्ट प्रक्रियालाई सहज बनाउन बोर्डको नेतृत्व र विधेयकको प्रक्रिया अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सरोकारवालाहरूले नेपाली चलचित्र क्षेत्रमा बैङ्क ऋण र वैदेशिक लगानी भित्र्याउन सहजता बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्