बिर्तामोडबाट ठुलो मात्रामा राजश्व छलीको सामान बरामद

भद्रपुर, झापा । झापाको बिर्तामोडबाट प्रहरीले ठुलो मात्रामा राजश्व छलीको सामान बरामद गरेको छ ।
बुधवार अपराह्न बिर्तामोड–९ स्थित धौला पुलमा प्रहरीले तीन वटा गाडीमा अवैध सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरको गाडीमा राजश्व छली गरी लैजाँदै गरेको ठुलो मात्राको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
ती गाडीबाट प्रहरीले बच्चाको डाइपर ४१ कार्टुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ कार्टुन, चुलबुल लेखिएको रक्सी २ सय कार्टुन, गोर्खा बियर १५० कार्टुन, ओरियो बिस्कुट १६ कार्टुन र सेलो, विकुल लेखिएको खाने तेल ८० कार्टुन बरामद गरेको छ ।
ती सामानसँगै गाडी चालकहरू अर्जुनधारा नगरपालिका ११ बस्ने ४३ वर्षीय दिलीप खड्का, अर्जुनधारा ५ बस्ने ५४ वर्षीय राजाराम खड्का र भद्रपुर १ बस्ने ४७ वर्षीय उदेन राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्