तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा मतदान स्थल व्यवस्थापन ७ थपिए ६ स्थानान्तरण

बाजुरा । बाजुरामा ७ वटा मतदानस्थल थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी गाउँपालिका र बुढीनन्दा नगरपालिकामा ७ ओटा नयाँ मतदानस्थल थपिएका हुन् । 

जसमा स्वामीकार्तिक खापर गाउँपालिका १ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटको मतदान स्थल फटाएर शम्भु शुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल स्थापना गरिएको छ । यस्तै, बुढीनन्दा नगरपालिका ३ मा मदनआश्रित आधारभूत विद्यालय बड्डाला, तथा हिमाली गाउँपालिका १ को शुनन्दा आधारभूत विद्यालय बाम, कुलामष्टाजन आवि क्यिुडी र वडा नम्बर ६ को खोलीकोट आधारभूत विद्यालय पाडीमा नयाँ मतदानस्थल स्थापना भएको छ । 

जिल्ला निर्वाचन कार्यालयले यस अघि नयाँ मतदानस्थल स्थापना र स्थानान्तरणका लागि निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।

७ नयाँ मतदानस्थल थपिएसँगै जिल्ला भर ७७ वटा मतदानस्थल भएका छन् भने १ सय १२ वटा मतदान केन्द्र कायम भएका छन् ।

त्यस्तै जिल्लामा ६ वटा मतदानस्थललाई स्थानान्तरण गरिएको छ । 

निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतका अनुसार आगामी निर्वाचनमा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन आयोगले देशभरका मतदानस्थलहरुमा पुनरावलोकन गरेको हो ५ ओटा गाउँपालिका र ४ वटा नगरपालिका रहेको बाजुरामा हाल ८६ हजार ५ सय ५७ मतदाता सङ्ख्या रहेको छ । जसमा महिला ४१ हजार ९ सय २०, र पुरुष ४४ हजार ५ सय ३५ र अन्य २ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button