तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः काठमाडौँविरुद्ध टस जितेर कर्णाली ब्याटिङमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको कर्णाली याक्स र काठमाडौँ गोर्खाज प्रतिस्पर्धा गर्दैछन् । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । 

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले जारी प्रतियोगितामा चार खेलमा एउटामा मात्रै जीत निकालेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । प्लेअफमा यात्राको बाटोमा रहिरहन उसलाई आजको जीत आवश्यक छ । 

करण केसीको नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलबाट तीनमा जीत निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा जोडिन काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण हुनेछ । 

प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच वटै खेलमा जीतका साथ प्लेअफमा सुरक्षित भइसकेको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button