नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ: नेता भिम रावल
नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले अब देशको नेतृत्व आफूहरूको पार्टीले गर्ने दाबी गर्नुभएको छ । नेपालगन्जमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता रावलले नेपाली कम्युनिष्ट पार्टीले विगतका गल्ती नदोहोर्याउने र दोहोरिन पनि नदिने बताउनुभयो ।
कुशासन र भ्रष्टाचारमुक्त देश बनाउन इमानदारीपूर्वक लाग्ने बताउँदै उहाँले यसमा जनताले साथ दिनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने दिशामा पनि गम्भीरतापूर्वक काम गर्ने रावलको भनाई छ ।
नेता रावलले एमाले अध्यक्ष केपी शर्मा वलीले नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूलाई लक्षित गरी वृद्धाश्रम भनेको प्रति आपत्ति जनाउँदै जथाभाबी नबोल्न आग्रह गर्नुभयो । उहाँले नवयुवाहरूको विद्रोहपछि वर्तमान सरकार गठन भए पनि सरकारले युवाहरूको भावना बोक्न नसकेको टिप्पणी समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्