करिब ४ वर्षपछि गायनमा फर्किए सरोज ओली
काठमाडौँ । गायक सरोज ओली करिब ४ वर्षपछि गायनमा फर्किएका छन्। ‘माछीले खाने खोलीको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौला’ लगायतका सुपरहिट गीत गाएका ओलीको आवाजमा रहेको नयाँ गीत ‘तिम्रा माताजी लाई नमस्ते’ सार्वजनिक भएको छ। सरोज ओलीको शब्द र दीपक शर्माको सङ्गीत रहेको गीतमा भारतीय गायिका भूमि त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन्।

किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियङ्का कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत रहेका छन् । पवन सुस्लिङ्गले गीतको भिडियोको छायाङ्कन तथा सम्पादन गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्