नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूह एकता घोषणा
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)को एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा विद्रोही समूहबिच एकता घोषणा भएको छ
काठमाडौँमा आज एक कार्यक्रमकाबिच पार्टी एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र जसपा एकीकरण पक्षधर समूहको तर्फबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
१० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ ।
यसैगरी विगतका सबल र दुर्बल पक्षहरूको समीक्षा गर्दै अब बन्ने एकीकृत पार्टीले नेपाली विशेषताको समाजवादलाई आफ्नो मूल कार्यक्रमको रूपमा अङ्गीकार गर्ने निर्णय गरिएको छ ।
पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य पूरा गर्न सडक, सदन र सरकार तीन वटै मोर्चाबाट सङ्घर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन् ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी र जनजागरण पार्टी नेपालबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।








प्रतिक्रिया राख्नुहोस्