निर्वाचन प्रयोजनका लागि निवेदन दिने समय चार दिन थपियो
आजसम्म १०६ दलद्वारा निवेदन पेश

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि ४ दिन समय थप गरेको छ ।
दल दर्ताका लागि यही मङ्सिर १ गतेदेखि आजसम्मको समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार दिन समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगका हाल दर्ता कायम रहेका १३७ दलमध्ये आजसम्म १ सय ६ दलले निर्वाचनमा भाग लिन निवेदन दिएका आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९९ दिन बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्