तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा खाद्य स्वच्छता सम्बन्धी सचेतना फैलाइँदै

बैतडी । बैतडीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य सुरक्षाका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । 

होमस्टे, होटेल, रेस्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरूलाई खाद्य स्वच्छता सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिरहेको हो । 

मुख्य गरी राजमार्गका होटेलहरूमा अस्वस्थ खाना पाइने गरेको गुनासो बढेकाले होटेल अनुगमनमा कडाइ गरिन लागिएको उहाँले बताउनुभयो । 

यसै गरी जिल्लामा रहेका होटेल तथा किराना पसलका व्यवसायी, उपभोक्ता तथा विद्यालयहरूमा खाद्य स्वच्छता सम्बन्धी तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालनको क्रममा रहेको उहाँले बताउनुभयो । 

सोमबार जिल्लाको पाटन नगरपालिका–स्थित खोडपे बजारका होटेल व्यवसायीहरूलाई तालिम प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख बिक्रम श्रेष्ठले जानकारी दिनुभयो । 

तालिमका सहभागी व्यवसायी हुरेल खाद्यान्नका सरसामान खरिद तथा बिक्री गर्न उत्पादन मिति तथा म्याद समाप्त मिति अनिवार्य हेर्ने प्रतिबद्धता जनाएका थिए । यसै गरी सहभागीहरूले होटेल सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button