तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा एकता सन्देश सभा गर्ने

धनगढी । नवगठित नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा एकता सन्देश सभा आयोजना गर्ने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता भिम रावलले मङ्सिर १२ गते धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आयोजना हुने जानकारी दिनुभयो । 

उहाँले एकता सन्देश सभाको तयारी भइरहेको र सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल लगायत शिर्ष नेताले सम्बोधन गर्ने बताउनुभयो ।

नेता रावलले सरकार चुनाव केन्द्रित भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी तयार रहेको र सरकारले निर्वाचनको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

उच्च स्तरीय छानविन समितिले भदौ २३ र २४  गते घटनाको निष्पक्ष छानविन गरि सत्यतथ्य जनताका माझ ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button