तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी पुलमा आज र भोली सवारी चलाउन रोक 

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित नारायणी नदीको पुलमा आज र भोलि रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

नारायणगढ–बुटवल सडक आयोजनाले सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको छ ।

आयोजनाका अनुसार शुक्रबार र शनिबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी साधन सञ्चालन गर्न पाइने छैन । आयोजना कार्यालयले त्यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन समेत अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button