स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
रौतहट । चन्द्रनिगाहपुर(गौर सडकखण्डअन्तर्गत जयनगरमा स्कुल बसको ठक्करबाट एक दुई वर्षीय बालकको मृत्यु भएको छ।
रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रबार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको ओम एकेडेमी स्कुल बसले स्थानीय रञ्जन साहका २ वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठक्करपछि बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो ।
बसलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको र घटनापछि फरार चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्