तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु

इस्लामावाद। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

औद्योगिक शहर फैसलाबादमा स्थानीय समय अनुसार बिहान लगभग ५ः३० मा विस्फोट भएको थियो भने विस्पोटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको प्रहरीलाई उद्धृत गर्दै, सिन्ह्वाले जनाएको छ ।

अग्निनियन्त्रक तथा दमकलकर्मीहरूको सयुक्त नियन्त्रण प्रयासले आगो नजिकैका अन्य घरहरूमा पुग्नबाट रोकेको पनि सिन्ह्वाले उद्धृत गरेको छ । 

प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरहरूको पर्खाल तथा छतहरु खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिसहरु क्षतिग्रस्त घरका बासिन्दाहरु छन् ।

घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको तथा उनीहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

उद्धार कार्य जारी रहेको उल्लेख गर्दै धेरै मानिसहरू कारखानाभित्र फसेको अनुमान गरिएको हुनाले हताहतको सङ्ख्या बढ्ने आशङ्का गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button