तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

तनहुँ।पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।

पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ । एक किमी ढलान गरिने छ ।

हालसम्म ५०० मिटर ढलान भइसकेको छ । सडक दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुनेछ । सङ्घीय सरकारबाट बहुवर्षीय यो सडक निर्माणका लागि रु ३४ करोड २७ लाख ५४ हजार ५६१ विनियोजन भएको छ । वर्षाको पानी निकासका निम्ति नाला निर्माण, ‘स्ट्रक्चर’ र ‘सबग्रेडिङ’लगायत काम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button