तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काँक्रेविहार (सुर्खेत)। जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button