तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासी सीमा क्षेत्रमा तस्कर समूहमाथि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर

नवलपरासी, पश्चिम । पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा तस्कर समूहले सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

शनिबार राति १२ बजेको समयमा बसैयाको दसगजा नजिक भारतीय मोटरसाइकलमा आएका तस्करलाई ईन्सपेक्टरको कमाण्डमा खटिएको प्रहरीले चेकजाँच गर्दा झडप भएको थियो। आरम्भमा ५–६ मोटरसाइकलमा आएका तस्कर समूह पछि झण्डै ३५–४० जनामा वृद्धि भएर प्रहरीमाथि आक्रमण गरेका थिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासीका प्रमुख एसपी सन्तोष रायमाझीले रेडियो नेपाललाई जानकारी दिँदै भने, “उनीहरूले सिद्रा माछा ल्याएका रहेछन, चेकजाँचको क्रममा आक्रमण भएपछि हवाई फायर गर्नु परेको हो। केहीले पक्राउ गर्ने कुरा नलाग्दा तस्करहरूको मनोबल बढेको देखिन्छ। यो ठाउँ त तस्करका लागि हव जस्तो छ, तर नियन्त्रणमा छ।”

खुला सिमाका कारण नवलपरासीमा लसुन, केराउ, चिनी, मोबाइल सामग्री, लागुऔषध, लत्ता कपडा लगायतका सामान तस्करी हुँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button