तपाईँ सुन्दै हुनुहुन्छः

डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासँग छलफल

काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गर्नुभएको छ ।

जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनः गठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ  । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यवाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button