तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागद्वारा इलाममा ‘स्थाननामको साहित्य’ कार्यशाला सम्पन्न

इलाम । नेपाल प्रज्ञा(प्रतिष्ठान, काठमाडौँको मातृभाषा (साहित्य) विभागले आयोजना गरेको “स्थाननामको साहित्य : मातृभाषाको सौन्दर्य” शीर्षकको कार्यशाला इलामको अरनिको सङ्ग्रहालयमा सम्पन्न भएको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपक लुङ्गेलीले कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले स्थाननाम (Toponymy) र आदिवासी–सांस्कृतिक पहिचानबिचको सम्बन्ध, भाषिक पुरातत्त्व, सांस्कृतिक भूगोल, भौगोलिक नाम अध्ययन तथा मातृभाषा संरक्षणका सैद्धान्तिक र व्यावहारिक पक्षहरूबारे विस्तृत व्याख्या गर्नुभयो।

कार्यक्रममा विभिन्न समुदायका सरोकारवाला व्यक्ति, साहित्यकार, शिक्षक, विद्यार्थी तथा स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो।

उक्त पुस्तकका मुख्य सम्पादक नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभागका प्रमुख प्राज्ञ तथा साहित्यकार राजन मुकारुङ हुनुहुन्छ भने सम्पादकीय मण्डलमा दीपक लुङ्गेली मगर, गणेश वाम्बुले, यासेली योङहाङ र शोभा सुनुवार हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button