तपाईँ सुन्दै हुनुहुन्छः

मेची राजमार्गको राजदुवाली खण्ड साना सवारीका लागि खुला

इलाम । निरन्तर वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्ग अन्तर्गतको राजदुवाली सडक खण्ड आजदेखि साना सवारी साधनका लागि सञ्चालनयोग्य बनेको छ।

जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सूचना जारी गर्दै सडकको अवस्था अझै जोखिमपूर्ण भएकाले हाललाई साना सवारी साधन मात्रै सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ। ठूला सवारी साधन ९२ (फुट माथि वा ४ चक्के ठूला) का लागि भने तिल्केनी–सिमलगोलाई–सिलपुर मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, राजदुवाली क्षेत्रमा सडकको केही भागमा मर्मत र सुधार कार्य जारी रहेको र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button