बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–९ सुर्केबाट सदरमुकाम चरिकोट आउँदै गरेको ग २ च ३४०० नम्बरको बोलेरो गाडी दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मङ्गलवार बिहान भीमेश्वर नगरपालिका–९ स्यासीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा वडा नम्बर–९ स्यासी निवासी ४० वर्षीय गोमा भुजेल, वडा नम्बर– ९ ओख्रे निवासी ५२ वर्षीय महेन्द्र बहादुर श्रेष्ठ, वडा नम्बर– ९ सुर्के निवासी कृष्ण कुमारी श्रेष्ठ र ४८ वर्षीय गंगा कुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।
घाइतेमध्ये ४० वर्षीय गोमा भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको दायाँ आँखामाथि, मुख र नाकमा चोट लागेको र चारवटा दाँत भाँच्चिएको प्रहरीले जनाएको छ । अन्यको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ । घाइते सबैको सदरमुकाम चरिकोट स्थित च्छो– रोल्पा जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्