तपाईँ सुन्दै हुनुहुन्छः

वडाको पहलमा भुल्केका १०७ घरमा केन्द्रीय विद्युत् जडान

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केका १०७ सय परिवार विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ । वडाको सक्रियतामा यहाँका केन्द्रीय विद्युत् विस्तार गरिएको हो ।

स्थानीयस्तरमा सञ्चालन भएको बेहेश्वर जलविद्युत आयोजनामा चट्याङका कारण क्षति पुगेपछि स्थानीय अन्धकारमा बस्दै आएका थिए । असोज १९, २० र २१ गतेका निरन्तरको वर्षातसगै परेको चट्याङका कारण जलविद्युत आयोजनाको मेसिन जलेर बिग्रिएपछि सम्पूर्ण बस्तीमा विद्युत् सेवा ठप्प भएको थियो ।

स्थानीयस्तरमा वितरण गरिएको विद्युतमा समस्या आएपछि वडाको पहलमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष रामु थापा मगरले जानकारी दिनुभयो । यहाँका ८८ जना गरिब तथा विपन्न परिवारलाई वडाबाट मिटरसमेत वितरण गरिएको उहाँले बताउनुभयो ।

विगतको विद्युत् सेवा अवरोध भएपछि अन्धकार बनेको बस्तीमा पाँच दिनभित्रै केन्द्रीय लाइन विस्तार कार्य सम्पन्न गरिएको हो । उहाँले विद्युत् विस्तारका क्रममा सहयोग प्रदान गर्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरका प्रमुख, पूर्व मन्त्री सुदन किराँती, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

केन्द्रीय विद्युत् सेवाको विस्तारपछि अन्धकारमा बस्दै आएका स्थानीयहरू खुसी भएका छन् । विद्युत् विस्तारसँगै भुल्के बस्तीका घरधुरीमा उज्यालो फर्किएपछि स्थानीयले वडाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button