तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने 

धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले देउसी–भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले बेलुका १० बजेसम्म गर्न आग्रह गरेको हो ।

देउसी–भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न र सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी नखेल्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभएको छ । सार्वजनिक स्थान, पदमार्ग, सडक मार्गजस्ता स्थानमा सर्वसाधारणको आवागमनलाई बाधा पर्ने गरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन समेत नपाइने भएको छ ।

यस्तै आपसी सद्भाव कायम गर्न, जुवातास नखेल्न, अनलाइन ठगीबाट बच्न, कालोबजारी नगर्न, सार्वजनिक सवारी साधनमा बढी भाडा नलिन लगायत भनिएको छ । जिल्ला प्रशासनले उल्लेखित कुराहरूको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गराएको पाइएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० मा जानकारी गराउन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button