तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले पुल बगाएपछि गाउँलेको पहल: बाँसको अस्थायी पुलद्धारा फेरि जोडियो देउमाई र माङसेबुङ

इलाम । माङसेबुङ गाउँपालिका–१ र देउमाई नगरपालिका–५ लाई जोड्ने देउमाई खोलामा रहेको पक्की पुलको आधा भाग  बाढीले बगाएपछि स्थानीयवासीहरूले आवतजावत सहज बनाउन बाँसको अस्थायी पुल निर्माण गरेका छन्।

यो पुल देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई जोड्ने महत्वपूर्ण मार्ग हो। बाढीले पुल बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध हुँदा गाउँका बासिन्दा, विद्यार्थी र पैदल यात्रुलाई आवतजावतमा समस्या भएको थियो।

स्थानीयहरूको पहलमा सामूहिक श्रमदान र केही सहयोगका सामग्री प्रयोग गरी बाँस र डोरीको सहायताले अस्थायी रूपमा यो पुल निर्माण गरिएको हो। हाल यसै पुलबाट स्थानीयहरूले पैदल आवतजावत गर्दै आएका छन्।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त माक्रिहाङका अनुसार तत्कालका लागि बाँसको अस्थायी पुल बनाइएको भए पनि सवारीसाधनको आवागमन अझै अवरुद्ध नै रहेको र स्थायी पुल पुनर्निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो।

आधा सिमेन्ट, आधा बाँस,यो पुल साँच्चै अनौठो र आकर्षक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button