तपाईँ सुन्दै हुनुहुन्छः

सरकार विधि तथा कानुनसम्मत ढंगले अघि बढ्छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राज्यका संयन्त्रमार्फत सरकार विधि तथा कानुनसम्मत ढंगले अघि बढ्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जेन्जीको नाममा नेपाल सरकारका केही निकायमा गई पदाधिकारी तथा कर्मचारी धम्काउने जस्ता क्रियाकलापहरू भइरहेको सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता मन्त्री खरेलले सुशासन कायम गर्ने तथा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।

सुशासन र निर्वाचन वर्तमान सरकारको मुल एजेण्डा भएको उल्लेख गर्दै मन्त्री खरेलले सबैलाई साथमा लिएर यी सबै काम पूरा गरिने पनि बताउनुभयो ।

असोज ३० गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले बिधुत उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय सरकारले गरेको बताउनुभयो ।

यस्तै मन्त्रीपरिषद् बैठकले कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना तयार गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गर्नुसँगै विभिन्न उच्चस्तरीय वैदेशिक भ्रमणहरू समेत स्वीकृत गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button