राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको भेट
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर व्यवस्थापिका संघ (आईपीयू)को महासभामा नेपालको सहभागिता र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा अध्यक्ष दाहालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको हो ।
भेटमा आईपीयूको १५१ औँ महासभामा नेपालको संघीय संसद्को तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
विश्वभरका १ सय ८१ देशका सांसदहरू सदस्य रहेको आइपियूको १५१ औँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९ देखि २३ सम्म हुँदैछ ।
महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को एक प्रतिनिधि मण्डल स्वीट्जरल्यान्ड जाँदैछ ।
प्रतिक्रिया राख्नुहोस्