तपाईँ सुन्दै हुनुहुन्छः

इरानले गाजा सम्झौताका लागि हुने शिखर सम्मेलनमा भाग नलने : अब्बास

तेहरान । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सोमबार गाजा युद्ध अन्त्य गर्न इजिप्टको शर्म अल-शेखमा सोमबार हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा तेहरानले भाग नलिने बताउनु भएको छ ।  

कूटनीतिक संलग्नताको पक्षमा हुँदा, पनि राष्ट्रपति र इरानी जनतालाई आक्रमण गर्ने धम्की र प्रतिबन्ध जारी राख्ने समकक्षसँग संलग्न हुन नसक्ने अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जनाउनु भएको हो ।  

यद्दपी इरानले गाजामा इजरायलको “नरसंहार”अन्त्य गर्ने र इजरायली सेनाको निष्कासन सुनिश्चित गर्ने सबै पहललाई स्वागत गर्ने उहाँले बताउनु भएको छ । अराघचीले प्यालेस्टिनी “आत्मनिर्णयको मौलिक अधिकार सुरक्षित गर्न पूर्णरूपमा हकदार भएको जनाउदै सबै राज्यले उनीहरूलाई यस विषयमा सहयोग गर्नु पर्ने बताउनु भएको छ ।  

उहाँले इरान सधैं यस क्षेत्रको शान्तिका लागि एक “महत्वपूर्ण पक्षधर भएको उल्लेख गर्दै इजरायलको विपरीत, इरानले “सदाका लागि युद्ध” नभइ स्थायी शान्ति, समृद्धि र सहयोग चाहने बताउनु भएको छ । शर्म अल-शेखमा सोमबार हुने शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताले भाग लिने कार्यक्रम तय भएको जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button