तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक स्थगन भएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो । बैठक आइतबार बिहान ११ः०० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा बस्नेछ । 

आइतबारको बैठकमा शुक्रवार बोल्न बाँकी सचिवालय सदस्यले आज मुलुकको समसामयिक राजनीतिक विषयमा आआफ्नो धारणा राख्नुहुने उहाँले बताउनुभयो । 

उहाँका अनुसार उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ, लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा धारणा राख्नुहुनेछ । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्दै छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button