कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको लिएर दुई युवक प्रहरीमा आत्मसमर्पण
धनगढी । कैलालीमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ। हत्या गर्ने दुई जना युवक पीडितको टाउको लिएर प्रहरीमा आत्मसमर्पण गरेका छन्।
घोडाघोडी नगरपालिका–८ स्थित एक खाजा पसलमा सुर्खेत चाैकुने गाउँपालिका–३ का २७ वर्षीय केशर बुढाको स्थानीय बलबहादुर विक र गंगा बुढाक्षेत्रीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयाे।
घोडाघोडीस्थित आफन्तको घर आएका बुढा र ती दुई युवकबीच खाजा खाने क्रममा विवाद भएको र सो क्रममा हत्या भएको प्रहरीले जनाएको छ।
घटनापछि दुवै युवकले बुढाको टाउको लिएर गएराति इलाका प्रहरी कार्यालय सुखडमा आत्मसमर्पण गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्